पर्वतको मोदी गाउँपालिका देउरालीमा पहिराेले पुरिएर दुई जना बेपत्ता भएका छन् । मोदि गाउँपालिका-३ देउरालीको लाङ्दीमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ७६ वर्षीय वृद्ध छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती विक पुरिनुभएको हो ।
घरबाट पहिरो झर्ने वित्तिकै भागेर बाचिन बुहारी ३२ वर्षीया पवित्रा विक भने बाच्न सफल हुनुभएको छ । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।
अहिले वेपत्ता दम्पितिको खोजी कार्य भैरहेको मोदी गाउँपालिका-३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताउनुभयाे ।