भोटेकोशी बाढीपीडितका लागि नारायणस्थानबाट प्रधानमन्त्री राहत कोषमा २ लाख ७५ हजार रुपैयाँ सहयोग -

भोटेकोशी बाढीपीडितका लागि नारायणस्थानबाट प्रधानमन्त्री राहत कोषमा २ लाख ७५ हजार रुपैयाँ सहयोग

बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाको पहलमा संकलित रु. २ लाख ७५ हजार ५९२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणस्थान, महिला सञ्जाल नारायणस्थान र नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको पहलमा २०८३/०५/१० गते भएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम संकलन गरिएको हो।
संकलित रकम ग्लोबल आइएमई बैंकमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाइएको छ। रकम जम्मा गरिएको बैंक भौचरअनुसार कुल रकम रु. २,७५,५९२ रहेको छ।
सहयोग अभियानमा साथ दिने नारायणस्थानवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति आयोजकहरूले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।


बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बेपत्ता नागरिकहरूको यथाशीघ्र सकुशल उद्धारको कामना गरिएको छ।

यो केवल सहयोग मात्र नभएर हरेक दुःखमा नेपाली साथमा छन् भन्ने विश्वास पनि हो। सबै सहयोगी मनहरूमा नमन।” भन्दै अभियानमा सहयोग गर्ने सम्पूर्णलाई आयोजकहरूले धन्यवाद दिएका छन्।
धौलागिरी अनलाइन
नारायणस्थान, बागलुङ

Leave a Reply

Your email address will not be published.