धौलागिरी अनलाईन बिक्रम पौडेल बागलुङ
बागलुङ नगरपालिका १४ नारायणस्थानमा समृद्ध नारायणस्थान -हाम्रो अभियान भन्ने नारा का साथ देश तथा बिदेश का विभिन्न देशहरुमा प्रवास समिति बनाई २०७३ साल मा स्थापना गरिएको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान ले विभिन्न सामाजिक कार्य गदै आईरहेको छ । बिगत का बर्षहरुमा जसै यस बर्ष पनि नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज २०८१ को पावन अबसर पारि नारायणस्थान को खुल्ला मंच २०८१ भाद्र २० र २१ गते चर्चित लोक गायक तेजश रेग्मी र गायिका सिता परियार को प्रस्तुति साथ विविध सांस्कृतिक कार्यक्रम तिज गित प्रतियोगिता ,महिला पुरुष शटपुट प्रतियोगिता ,महिला म्युजिकल चियर प्रतियोगिता ,स्लो बाइक रेश प्रतियोगिता र हाँस समाउने प्रतियोगिता आयोजना गरि कार्यक्रम को मुख्य उद्देश्य बलेवा क्षेत्र मा रहेको ऐतिहासिक धार्मिक र पर्यटकिय क्षेत्र को प्रचार- प्रसार र बलेवा क्षेत्रमा उत्पादित औद्योगिक तथा कृषि जन्य वस्तुहरुको प्रचार प्रसार विक्रि वितरण गर्ने उद्वेश्य साथ संचालित कार्यक्रम मा सभापति यश संस्था का अध्यक्ष कमल कुमार जि.सि र प्रमुख अतिथि बागलुङ नगरपालिका -१४ नारायणस्थान निबासि कलावति नेपाली विशिष्ट अतिथि बागलुङ नगरपालिका -१४ का वडाध्यक्ष चक्र बहादुर खत्री
राजनीति पार्टी प्रतिनिधि तथा विभिन्न संघ सस्था बाट प्रतिनिधि र ईप्रका वलेवा का सुरक्षाकर्मि ,पत्रकार ,सहयोगी दाता ,हरु को आतिथ्यता मा कार्यक्रम को उद्घाटन प्रमुख अतिथि बिशिस्ट अतिथि बाट पावन मा बत्ती बालेर उद्घाटन सत्र सुरु को थियो ।
कार्यक्रम मा स्वागत मन्तब्य संस्था का सदस्य योगेन्द्र शर्मा ले दिएका थिए । कार्यक्रम को संचालन संस्था का पुर्व अध्यक्ष भरत पौडेल ले गरेका थिए ।
कार्यक्रम को आर्थिक संयोजक नरेश्रर शर्मा,अध्यक्ष कमल कुमार जिसि , सचिव बिक्रम पौडेल, कोषाध्यक्ष शर्मिला सुवेदी पौडेल ले तिज कार्यक्रम सकिए लगतै समीक्षा बैठक राखि आम्दानी र खर्च सार्वजनिक गरेका थिए ।