नारायणस्थान स्वास्थ्य चौकिमा ईसिजि मेसिन एक सभा का साथ हस्तान्तरण

धौलागिरी अनलाइन मंसिर २८ बागलुङ नगरपालिका -१४ नारायणस्थान स्वास्थ्य चौकिमा ईसिजि मेसिन एक सभा का साथ हस्तान्तरण गरियो ।
यश नारायणस्थान स्वास्थ्य चौकि संचालक समितिका पदाधिकारि ,वार्ड अध्यक्ष चक्र बहादुर खत्री र राजनीतिक दलका प्रतिनिधि हरु उपस्थितिमा उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य चौकिका उपाध्यक्ष कमल कुमार जिसि ले उक्त अनौपचारिक सभा गरि हस्तान्तरण गरिएको बताएका छन ।
ईसिजि मेसिन एक लाख पचासि हजार मा खरिद गरिएता पनि उक्त मेसिन स्वास्थ्य चौकिमा ढुवानि गरि अाई पुग्दा एक लाख सतासि हजार छ सय रूपैयाँ लागेको हो । उक्त मेसिन खरिद गर्न सहयोग गर्ने सहयोगी दाताहरु लाई विशेष धन्यवाद दिदै नाम उच्चारण गर्दै चन्द कुमारि ईष्ट का संरक्षक गंगा र डम्बर कुमारी जिसि हाल अमेरिका बाट रु चालीस हजार ,बुद्धि खड्का नेपाने हाल बेल्जियम बाट जन्मदिनको अवसरमा पच्चीस हजार अठ्ठार रुपैया , प्रभात पौडेल बेल्जियम , हरि खड्का हिम्मत,बुद्धि को सक्रियतामा त्रिपन्न हजार नौं सय दुई रुपैयाँ , प्रशान्त श्रेष्ठ को सकृयता मा हाल पोचुर्गल बाट सरस्ठ्ठी हजार एक सय तिरान्ब्य रुपैयाँ , गणेश नेपाली नमुनागाउँ हाल अमेरिका बाट पाचँ हजार , धुव्रराज शर्मा डौडि हाल साउदि बाट पाँच हजार पच्पन्न , दया सुवेदी पोर्चुगल लिस्वन बाट पाँच हजार , बिष्णु चपाई अमलाचौर काल्ले बाट पच्चीस सय साठी र सर्मिला,यज्ञ भण्डारी युके बाट पच्चीस हजार गरि दुई लाख अठ्ठाईस हजार सात सय अठ्ठाईस रूपैयाँ संकलन भएको र अन्य बाकि रकम स्वास्थ चौकि भित्र मर्मत सम्भार मा खर्च गरिएको जि.सि ले जानकारी दिएका ।
उक्त ईसिजि मेसिन बाट सम्पूर्ण सेवाग्राही बिरामि बर्गहरुलाई सहजता पुर्वक सेवा दिने स्वास्थ्य चौकि प्रमुख ले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *