बलेवा एकता बचत तथा ऋण स.स.लि संगै तीन सहकारी एकता

धौलागिरी अनलाइन बिक्रम पौडेल कोभिड-१९ कोरोना भाईरस संक्रमणमा बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि.बा.न.पा -१४ ले अाफ्नो शेयर सदस्य हरुलाई आर्थिक प्रतिबेदन , साधारसभा सम्पन्न सहकारि संस्थाको मिति २०७७ कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कोभिड १९ को कारण एकीकृत रुपमा साधारण सभा सम्पन्न गर्न कठिनाइ परेकोले सहकारि बिभाग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारि संघ (नेफस्कुन) ले जारि गरेको सहकारी संस्थाको साधारण सभा सम्बन्धि कार्यबिधि तथा नेपाल सरकार स्वास्थ मन्त्रालय ले जारि गरेको स्वास्थ्य मापदण्ड भित्र रहि प्रतिनिधिमुलक साधारण सभा २०७७ मंसिर २७ गते बिहान ११ बजे श्री जनता माध्यमिक बिद्यालय को राधास्वामि सभा हलमा सुरक्षाका मापदण्ड अपनाई साधारण सभा सम्पन्न गरिएको थियो उक्त सभाको उद्घाटन बा.न.पा-१४ का वडाध्यक्ष चक्रबहादुर खत्री ले संस्था को १० अौं साधारणसभामा १० वटा मैनबत्ती बालेर उद्घाटन गरेका हुन । उक्त सभाको सभापति यसै संस्थाका अध्यक्ष ईन्द्र प्रसाद शर्मा ले गरेका थिए । संगै शुभकामना मन्तव्य उपाध्यक्ष धनबहादुर रोकाले दिएका थिए उक्त सभाको संचालन प्रबन्धक भरत पौडेल बाग्लुङे ले गरेका थिए । वार्षिक साधारण सभाको लागि टोल बाट प्रतिनिधि चयन गरिएका सेयर सदस्यहरुको उपस्थितिमा साधारण सभामा सम्पन्न भएको थियो । बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि संगै धौलागिरी बचत तथा ऋण स.स.लि बा.न.पा-१४ र जय श्री बचत तथा ऋण स.स.लि बा.न.पा-१३ बिच तीन वटै सहकारी बिच एकता भएको हो । यश अघि विभिन्न स्थानहरुमा साधारणसभा सम्पन्न मा पहिलो दिन २०७७ मंसिर १७ गते दिनको १२ बजे पैयुँपाटाका साबिकका ३,४,५,६ र ७ वार्डहरु ,बा.न.पा-१० भकुण्डे,बा.न.पा-११,
रायडाँडा स्थान धर्मशाला मुसुरावारि ,दोस्रो दिन २०७७ मंसिर २० गते दिनको १२ बजे पैयुँपाटाका साबिकका १,२,८ र ९ वार्डहरु स्थान लम्सालचौर ,तेस्रो दिन २०७७ मंसिर १३ गते दिनको १२ बजे अमलाचौर साबिकका १,३,४,५,६ र ७ वार्डहरु स्थान पृथ्वी हिरण्य मा.बि,चौथो दिन २०७७ मंसिर १५ गते दिनको १२ बजे अमलाचौर साबिकका २,८,९ र जैमुनि न.पा १,२,३ वार्डहरु स्थान लक्ष्मीनारायण आ.विद्यालय ,पाचौं दिन २०७७ मंसिर २२ गते दिनको १२ बजे नारायणस्थान साबिकका १,२,३,४,५ ,६ वार्डहरु स्थान भगवती मन्दिर ,छैठौं दिन २०७७ मंसिर २४ गते दिनको १२ बजे नारायणस्थान साबिकका ७,८,९ वार्डहरु र बा.न.पा- १,२ र ३ समेत गरि सम्पन्न भएको प्रबन्धक भरत पौडेल ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *