प्रहरी प्र.ह. बैकुण्ठ पौडेल गण्डकी प्रदेश मा उत्कृष्ट -

प्रहरी प्र.ह. बैकुण्ठ पौडेल गण्डकी प्रदेश मा उत्कृष्ट


असोज ३१ धौलागिरी अनलाइन
“६७ औं प्रहरी दिवस २०७९” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा , देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द नेपालि पोखरेल ले बताउनुभयो ।
प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, गण्डकी प्रदेश प्रहरी विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभयो । मुख्यमन्त्री पोखरेलबाट अन्य उत्कृष्ट प्रहरी हरु सहित पर्वत जिल्लामा कार्यरत  ट्राफिक प्रहरी प्र.ह. बैकुण्ठ पौडेललाई प्रशंसा पत्र द्वारा सम्मान  प्रदान गर्नुभएको थियो ।
पौडेल विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको र आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने जिम्मेवारीलाई कुशलताका साथ बहन गर्ने छ पोखरेल ले बताउनुभयो ।
कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको शुभकामना सन्देश प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीले बाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्री सहित अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.