प्याराग्लाईडिङ खेलाडीको प्याराग्लाईडिङ दुर्घटनामा सराङकोटमा मृत्यु -

प्याराग्लाईडिङ खेलाडीको प्याराग्लाईडिङ दुर्घटनामा सराङकोटमा मृत्यु

असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको क्रसकन्ट्री इभेण्टमा सहभागि खेलाडी निसिम थापाको प्याराग्लाईडिङ दुर्घटनामापरी मृत्यु भएको छ ।
पोखराको सराङकोटबाट उडेको प्याराग्लाईडिङ पाईलट क्रसकन्ट्री इभेण्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागि थिए ।
आकाशमा उडिरहेको अवस्थामा झण्डै एकसय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.