सामान बोकेर गएको पिकअप जिप सडक देखि खस्दा तीन जना घाइते भएका छन् ।
शुक्रवार दिउसो ध १ च ६२ नम्बरको जिप बागलुङको जैमिनी नगरपालिका वडा नंं १० राङखानीको डाडाखानीमा सडक देखि १ सय मीटर तल खसेको थियो ।
घटनामा बागलुङको बडिगाड गाउपालिका वडा नंं ७ का २५ बर्षिय संजय राम्जाली र चुडाबहादुर श्रीष गम्भिर घाइते भएको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । घटनामा जिपका चालक जैमिनी १० का ३५ बर्षिय भरत पुनपनि घाइते छन् । घाइते सबैलाई इलाका प्रहरी कार्यालय कुश्मीसेराको टोलीले उद्दार गरेको छ । गम्भिर घाइतेको उपचारकालागि हेलिकोप्टर मार्फत पोखरा लैजान पहल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।