January 30, 2023

धौलागिरी अनलाइन – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ।

तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ।

नेपालका लागि यो समय उपर्युक्त रहेको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारत, अमेरिका, बेलायतलगायतका देशमा भने फरक–फरक समयमा भाइटीकाको साइत रहेको छ।

Leave a Reply

Your email address will not be published.