पोखराको एक विद्यालयमा फुटबल पोस्टको बार ढलेर लाग्दा एक विद्यार्थीको मृत्यु -

पोखराको एक विद्यालयमा फुटबल पोस्टको बार ढलेर लाग्दा एक विद्यार्थीको मृत्यु

पोखरा, २१ कार्तिक/ पोखराको एक विद्यालयमा फलामको पोलले लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

पोखरा १० उत्तमचोकमा रहेको ज्योतिकुञ्ज विद्यालयमा कक्षा ८ मा अध्ययनरत रोहित थापाको फुटबल पोस्टको बारले लाग्दा मृत्यु भएको हो ।

बारमा झुन्डिएका बालक सोही बार खसेर लागेपछि घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि स्कुलका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.