पाल्पामा घाँस काट्न रुखमा चढ्दा करेन्ट लागेर एकको मृत्यु -

पाल्पामा घाँस काट्न रुखमा चढ्दा करेन्ट लागेर एकको मृत्यु

घाँस काट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका ९ जब्कादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठको ज्यान गएको हो ।

मंगलवार बिहान १० बजे तिर रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी थ्री फेजको लाइन छुन गइ करेन्ट लागेर भुइँमा खसेका विष्णुबहादुरलाई उपचारका लागी युनाइटेड मिशन अस्पताल पाल्पामा पठाए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.