July 16, 2024

पुम्दीभुम्दीबाट पोखरा आउँदै गरेको नगर बस दुर्घटना भएको छ ।

पुम्दीभुम्दी जाने बाटो गैह्राखेतमा दुर्घटना भएको हो । दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको प्रत्यक्षदर्शी रमेश बरालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवण विकले प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ । थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.