बागलुङ जिल्ला बागलुङ नगरपालिका -१४ नारायणस्थान मा अवस्थित श्री जनता धन माध्यामिक बिद्यालयमा अध्ययन गरेका भूतपूर्व बिध्यार्थीहरु मध्यको एसएलसी ब्याच २०५० का समकक्षिहरुको सामुहिक पहलकदमीबाट सङ्कलित दुई लाख रूपयाँको अक्षयकोष घोषणा गर्दै यो रकमको ग्लोबल आईएमि बैक वलेबा शाखाको चेक बिद्यालयका प्रधानध्यापक कुमार पौडेल ज्यूलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ! I

कार्यक्रममा २०५० सालको एसएलसि ब्याच का समकक्षी सुरेश थापा ( देवेन्द्र) को अध्यक्षता र केशब पौडेलको संचालनमा भएको यो कार्यक्रममा प्रमुख अतिथि बागलुङ नगरपालिका -१४ का वार्ड अध्यक्ष चक्र बहादुर खत्री ज्यु, बिशिस्ट अतिथि वार्ड सदस्य डिल ब. हरिजन ,वार्ड सदस्य राजु सुबेदी, बिद्यालयका संचालक समितिका अध्यक्ष सुरेन्द्र थापा ,भूतपूर्व शिक्षक/शिक्षिकाहरु दुर्गा कुमारी श्रेष्ठ, धन बहादुर रोका, कमल कुमार जिसी, कुमार पौडेल लगायत बिद्यालयमा अध्यापन गराईरहनु भएका शिक्षकहरु, लगायत अन्य सामाजिक व्यक्तित्त्वहरु उपस्थितिमा अक्षयकोष घोषणा र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ !

२०५० ब्याचका भूतपूर्व बिद्यार्थीहरु र बिद्यालयबीच भएको समझदारी र केहि नियमहरुको जगमा उभिएर वर्षेनी विद्यालयको वार्षिकउत्सवको अवसरमा गरिने विद्यालयको कार्यक्रममा नगद पुरस्कार प्रदान गरिने घोषण गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य कल्पना श्रेष्ठ ले स्वागत गर्नु भएको थियो ।

कार्यक्रम प्रमुख अतिथि बा.न.पा-१४ का वार्ड अध्यक्ष चक्र बहादुर खत्री, पुर्व शिक्षक कमल जिसी र प्राध्यापक कुमार पौडेलले आफ्ना भनाइहरु राख्नु भएको थियो ! उहाँहरुले २०५० ब्याचका समकक्षिहरुको ऐतिहाँसिक यो सोच र कामको प्रशंसा सहित देश बिदेशमा रहेर यो अभियानमा सक्दो आर्थिक सहयोग गरेका २०५० ब्याचका भूतपूर्व विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।