नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवस पयुँपाटा उपशाखा भब्य रुपमा सम्पन्न -

नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवस पयुँपाटा उपशाखा भब्य रुपमा सम्पन्न

धौलागिरी अनलाइन बागलुङ नगरपालिका -१३ पयुँपाटा बागलुङ मा मानवतालाई जिवित राखौं ” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवस को अबसर मा नेपाल रेडक्रस सोसाइटी पैयुपाटा उप-शाखा को आयोजना मा बागलुङ नगरपालिका वडा नं.१०,११,१२,१३ र १४ मा रहेका माध्यमिक बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको उक्त कार्यक्रममा त्रिभुवन माध्यमिक बिद्यालय पैयुपाटा र उप- शाखा द्वारा प्रभात फेरि र टोल सरसफाइ कार्यक्रम भएको थियो।
“नेपाल रेडक्रसको सन्दर्भमा युवा सर्कलको भुमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा ६ वटा माध्यमिक बिद्यालयका १० जना छात्र छात्राको सहभागीता भयकोमा, त्रिभुवन माध्यमिक बिद्यालय बा. न. पा. १३ पैयुपाटाका कृष्टिना शर्मा प्रथम ,गणेश माध्यमिक बिद्यालय बा. न. पा. १४ नारायणस्थानका कुशल पौडेल दोश्रो ,जनमत माध्यमिक बिद्यालय बा.न.पा.१३ पैयुपाटा बासकोटका सुगम लामिछाने तृतीय ,जनता धन माध्यमिक बिद्यालय बा. न. पा. १४ नारायणस्थानका अनिष खत्री ,सलिना पौडेल,त्रिभुवन मा. बि. का समीप पौडेल,गणेश मा. बि.का अनुज्ञा कडेल,पृथ्वी हिरण्य मा. बि.का विपिसा बि. क. ,जनमत मा. बि. का पुस्पा शर्मा र भैरब मा.बि. भकुण्डेका गिरिस्मा थापा सान्त्वना हुनुभयको थियो।


बक्तृत्वकला प्रतियोगिताकोलागि प्रथम पुरस्कार सु. दल बहादुर खत्री (५०००),दोस्रो पुरस्कार सु.मे. ओम बहादुर तकमेल क्षेत्री (३०००) र रु १०००/- अन्य ब्यबस्थापनका लागि,तेस्रो पुरस्कार पं यमनाथ पाध्या (२०००/-),सान्त्वना पुरस्कार र अन्य ब्यबस्थापनको लागि चन्द्र बहादुर के.सि.,चन्द्र प्रसाद शर्मा,प्रकाश सुवेदी रखाल,भविश्वर शर्मा,दिवाकर पौडेल,आनन्द कुमार श्रेष्ठ ,उमानाथ शर्मा,एकनाथ रेग्मी,नरप्रसाद शर्मा र जोगरानी सामुदायिक बनबाट रु १०००/- का दरले,कार्यक्रममा आवस्यक पर्ने सम्पुर्ण पिउने पानी डा. राम बहादुर के.सि.ले उपलब्ध गराउनुभयको थियो।
कार्यक्रमको अध्यक्षता उपशाखा सभापती टिकाराम शर्मा ,प्रमुख अतिथि जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्य,बिशिस्ट अतिथि बा.न.पा.१३ का कार्यबाहक वडा अध्यक्ष सुरज रिजाल,अतिथि राजनितिक दल ,पुर्व तथा निवर्तमान जनप्रतिनिधि ,सरकारी तथा गैरसरकारी संघ संस्था,बिद्यालय ब्यबस्थापन समितका अध्यक्ष/ प्र.अ./शिक्षक,वडा शिक्षा समितिका सदस्यहरु,पत्रकार,महिला संजाल ,लगायतले आसन ग्रहण गर्नुभयो ,कार्यक्रममा स्वागत कोषाध्यक्ष रेशम बहादुर थापा खत्री र संचालन सचीव पुर्ण प्रसाद पौडेलबाट भयको थियो।
पुरस्कार र पिउने पानी उपलब्ध गराउनुहुने,प्रभातफेरी र सरसफाइ कार्यक्रममा सहभागी हुनुहुने बिद्यार्थी /शिक्षक/अभिभावक /रेडक्रसका आजिवन सदस्यज्युहरु, मुल्यांकन समिती,कार्यक्रम सफल बनाउन दिनरात खट्नुहुने कार्यसमितिका सम्पुर्ण पदाधिकारीज्युहरु र अन्य शुभचिन्तक ज्युहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published.