July 16, 2024

बैंकर्स बागलुङ ले सरूवा भै जान लागेका लक्ष्मी सनराइज बैंक बागलुङ का शाखा प्रबन्धक अर्जुन पाैडेललाई शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरेको छ।

साबिकको सनराइज बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक पौडेल कार्यरत बागलुङ शाखा, साविकको लक्ष्मी बैंक लिमिटेड हस्पिटल लाइन स्थित शाखा संग गाभिए काे ले, उनको लक्ष्मी सनराइज बैंकको कुश्मा शाखामा शाखा प्रबन्धककै जिम्मेवारीमा सरूवा भएको हो।

पाैडेल साबिकको सनराइज बैंक लिमिटेड बागलुङ का संस्थापक शाखा प्रबन्धक को रूपमा विगत तीन वर्ष देखि कार्यरत थिए। आफ्नो बागलुङ बसाई अत्यन्त सफल रहेकाे साथै उक्त बसाईमा सम्पुर्ण बैंकर्स साथीहरू तथा व्यवसायी हरूको राम्रो साथ पाएको पौडेलले बताए। छोटो समयकाे दौरानमा बागलुङ मा आफ्नो छुट्टै पहिचान बनाउन सफल पौडेल विगत १२ वर्ष देखि बैंकिङ सेवामा आबद्ध रहेका छन्।

बागलुङ स्थितसम्पुर्ण शाखा प्रबन्धक हरूको उपस्थिती रहेको उक्त बिदाई कार्यक्रम बैंकर्स बागलुङ का सचिव हरी अधिकारीको सञ्चालन तथा अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.