
२०८१ माघ १६ प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ ।
२००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका छन् ।
२०१२ सालदेखि नै तत्कालीन काठमाण्डौ नगरपालिकाको संयोजकत्वमा हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्द लगायत देश र जनताको पक्षमा आवाज उठाउने क्रममा शाहदात प्राप्त गरेका सहिदहरुको सम्झनामा बागलुङमा पनि प्रभातफेरी सहित सहिद पार्कमा प्रवचन कार्यक्रम गरेर दिवस मनाइएको छ । बानपा १ मा रहेको शहिद पार्कमा उपस्थितले सहिदहरुको शालिकमा माल्याणपनि गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले देश र जनताको पक्षमा आवाज उठाउने र संर्घष गर्ने क्रममा शाहदात प्राप्त गरेका शहिदहरुले देखाएको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्रबहादुर थापाले राष्ट्रको परिवर्तन, लोकतन्त्र र गणतन्त्रको लागि सहिदले योगदान दिएको चर्चा गर्दै बाकी रहेका अधिकार स्थापनाका लागि इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य नेकपा माओवादी केन्द्रका प्रदेशसभा सचेतक कुशुम बुढाले न्याय समानताको आवाज उठाएको दिनलाई सवैले स्मरण गर्नुपर्नेमा जोड दिदै बिभिन्न आन्दोलनमा उच्च शाहदत प्राप्त हुने सहिदहरुको सम्मान आवश्यक रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका संयोजक अमर बहादुर थापाले सहिद दिवस गणतन्त्र र समावेसीको लागि महत्वपूर्ण दिन भएको र उनिहरुको योगदान र बलिदानको सम्मानका लागि गणतन्त्रको संस्थागत बिकास आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले सहिदहरुले देखेको सपना पुरा गर्न र उहाँको मार्ग दर्शनमा हिड्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम शुरु हुनु पूर्व बिद्यार्थी, कर्मचारी, जनप्रतिनिधी, सेना प्रहरीको सहभागीतामा समिटचोकदेखि शहिद पार्कसम्म ¥याली गरिएको थियो । रासस