सार्थक प्रकाशन बागलुङकाे साहित्य कुञ्ज (मासिक) काे तेश्राे श्रृंखला कार्यक्रम सम्पन्न -

सार्थक प्रकाशन बागलुङकाे साहित्य कुञ्ज (मासिक) काे तेश्राे श्रृंखला कार्यक्रम सम्पन्न

बागलुङ, १५ वैशाख २०८२ युक्त प्रसाद सुवेदी
सार्थक प्रकाशन बागलुङकाे साहित्य कुञ्ज (मासिक) काे तेश्राे श्रृंखला कार्यक्रम सम्पन्न भएकाे छ ।

  प्रत्येक महिनाकाे १५ गते हुने याे कार्यक्रम २०८१ साल फाल्गुण १५ गते देखि प्रारम्भ गरिएकाे थियाे । हरेक महिनामा फरक फरक धार्मिक, पर्यटकीय तथा दर्शनीय स्थलमा सञ्चालन गरिने उद्देश्य वाेकेकाे कार्यक्रमकाे तेश्राे श्रृंखला बागलुङ नगरपालिका वडा नं ९ फड्केडाँडा स्थित आशा पुर्णेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रमका प्रमुख प्रतिभा प्रतिनिधि सभाका पुर्व सदस्य एवं साहित्य प्रेमि मन कुमारी के.सी.ले व्यानर पढ्दै आफ्नाे आमा नामक रचना वाचन गरि कार्यक्रमकाे शुभारम्भ गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा ११ जना श्रष्टाहरुले आ आफ्नाे रचना वाचन गर्नु भएकाे थियाे ।


१.प्रमुख प्रतिभा, मनकुमारी के.सी – आमा र वसन्त ऋृतु
२.सार्थक प्रकाशनका संस्थापक एवं संरक्षक काजीराेशन-
   प्रतिभा उजागर सम्बन्धित  हाईकु ३
३.सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवदी-याेगाभ्यास
४.पुर्व कर्मचारी परिषद बागलुङका अध्यक्ष महेन्द्रसिंह
    रायमाझी- हलाे जाेत्नेकाे वेदना
५. वि.म.पु.का अध्यक्ष रामचन्द्र शर्मा-फलफुल (साभार)
६.सार्थक प्रकाशनका सचिव – युक्तजंग रा.भ-जिन्दगि गजल
७.सार्थक प्रकाशन काेषाध्यक्ष मधु पाैडेल-मायालुकाे शहर
८.सार्थक प्रकाशन सदस्य शान्ति ज्ञवाली-हेपिएका शिक्षक
९ सार्थक प्रकाशन सदस्य ख्यामराज सुवेदी- जिन्दगि
१०. लहरेपिप मा.वि. शिक्षक हरि प्रकाश भण्डारी- गजल ११.पतञ्जली याेग समितिका मन्त्रि अमृत कंडेल- आमा
उक्त कार्यक्रममा प्रकुख प्रतिभा मनकुमारी के.सी., संस्थाका संस्थापक एवं संरक्षक साहित्यकार काजीराेशन, आशा पुर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव डण्डपाणी शर्मा र मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले मन्तव्य राख्नु भएकाे थियाे ।

कार्यक्रम सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे अध्यक्षता, सचिव युक्तजंग राजभण्डारीकाे स्वागत तथा काेषाध्यक्ष मधु पाैडेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।कार्यक्रमकाे समिक्षात्मक टिप्पणि हरि प्रकाश भण्डारीले गर्नु भएकाे थियाे । साे कार्यक्रममा सार्थक प्रकाशन र शिवालय मन्दिर व्यवस्थापन सम्वद्ध परिवार तथा स्थानीय समाजसेवि तथा साहित्यनुरागिहरुकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published.