सार्थक प्रकाशन बागलुङकाे साहित्य प्रतिभा कार्यक्रम सम्पन्न । -

सार्थक प्रकाशन बागलुङकाे साहित्य प्रतिभा कार्यक्रम सम्पन्न ।

१५ चैत्र २०८१ कुश्मा १ पाङ पर्वत
सार्थक प्रकाशन बागलुङकाे साहित्य कुञ्ज मासिककाे साहित्य प्रतिभा कार्यक्रमकाे दाेश्राे श्रृंखला आज सम्पन्न भएकाे छ । हरेक पटक फरक फरक स्थानमा सञ्चाल गरिने याे कार्यक्रमकाे दाेश्राे श्रृंखला पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १ पाङ नुवार स्थित बागलुङ भ्यु प्वाईण्टमा गरिएकाे छ ।

आजकाे कार्यक्रमकाे प्रमुख प्रतिभा विद्वान साहित्यकार पाङ नुवार निवासी पं नारायण प्रसाद उपाध्याय अर्यालज्युले व्यानर पढेर आफ्नाे रचना वाचन गरि शुभारम्भ गरिएकाे थियाे ।

कार्यक्रम शुभारम्भकाे अवसरमा प्रमुख प्रतिभा अर्यालले साहित्य श्रृजना जिवनकाे महत्वपुर्ण पाटाे भएकाे वताउनु भयाे । नेपाली, हिन्दि र संस्कृत भाषामा विभिन्न विधामा लेख रचना काव्य रचना गरिसक्नु भएका अर्यालका १७ वटा प्रकाशन भईसकेका छन । अर्यालका धेरै अप्रकाशित कृतिहरु रहेका पाईएकाे छ । 


        कार्यक्रममा सार्थक प्रकाशनका संस्थापक एवं संरक्षक वरिष्ठ साहित्यकार काजी राेशनले संस्थाकाे कार्यक्रम पाङमा ल्याउनुकाे ओचित्य माथि प्रकाश पर्दै पाङमा राष्ट्रिय प्रतिभाकाे शालिक स्थपना गरि कवि कुञ्ज निर्माण गर्न प्रस्ताव गर्नु भयाे । साे अवसरमा श्रष्टाहरु पं नारायण प्रसाद उपाध्याय अर्याल, वरिष्ठ साहित्यकार काजी राेशन, युक्त प्रसाद सुवेदी, गुणराज पाैडेल, रामचन्द्र शर्मा, तारा प्रसाद शर्मा स्टार, युक्तजंग राजभण्डारी, मधु पाैडेल, ख्यामराज सुवेदी, दिपेश अर्याल, सञ्जिव कुमार श्रेष्ठ, सवित हमालले आ आफ्ना रचना वाचन गर्नु भएकाे थियाे । साे अवसरमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरे, वडा अध्यक्ष खगराज पाैडेल व्रम्हा कुमारी भवानीले आ आफ्नाे मन्तव्य राख्नु भएकाे थियाे ।


उक्त अवसरमा कार्यक्रमकाे अवसरमा स्मृति प्रकाशन बागलुङका अध्यक्ष गुणराज पाैडेलले आजका प्रमुख प्रतिभाकाे व्यक्तित्व र कृतित्वकाे वारेमा प्रकाश पार्नु भएकाे थियाे भने स्मृति प्रकाशन बागलुङका सचिव तारा प्रसाद शर्मा स्टारले पहिलाे श्रृंखलाकाे प्रतिवेदन अध्यक्ष युक्त प्रसाद सुवेदीलाई हस्तान्तरण गर्नु भयाे ।  आजकाे कार्यक्रमकाे प्रतिवेदन अध्यक्ष गुणराज पाैलले गर्नुहुने छ ।
उक्त कार्यक्रम सार्थक प्रकाशन बागलुङका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे अध्यक्षता र सचिव युक्तजंग राजभण्डारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । आयाेजकका अनुसार साहित्य कुञ्ज मासिक कार्यक्रम प्रत्येक महिनाकाे १५ गते साहित्यिक पर्यटन प्रवर्धन र स्थानीय प्रतिभाहरुकाे उजागर गर्ने उद्धेश्यले फरक फरक स्थानमा सञ्चालन गरिने वताईएकाे छ ।

Leave a Reply

Your email address will not be published.