धौलागिरी अनलाइन पाेखरा २०८१ चैत १० गते युक्त प्रसाद सुवेदी
सुवेदीहरुकाे डिजिटल वंशावलि निर्माण प्रशिक्षण सम्पन्न । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) केन्द्रिय समितिकाे आयाेजना र सुवेदी कल्याण प्रतिष्ठान गण्डकि प्रदेश समितिकाे सह आयाेनामा गण्डकि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । साे अवसरमा डिजिटल पार्टनर Metalogic softwere का भक्तराज गाेदारले softwere operate गर्ने विधिमा सहजिकरण गर्नु भएकाे थियाे

। देश तथा विदेशममा रहेका समस्त सुवेदीहरुलाई सुवेदी सञ्जालमा आवद्ध गर्ने कार्यक्रम रहेकाे छ । प्रशिक्षण कार्यक्रममा सुकल्प केन्द्रिय सदस्यहरु प्रदेश समितिका पदाधिकारी एवं सदस्यहरु गण्डकि प्रदेश अन्तर्गतका जिल्ला कुलाधिपतिहरु सहित ३५ जनाकाे सहभागिता रहेकाे थियाे

। प्रशिक्षण कार्यक्रमकाे गण्डकि प्रदेश कुलाधिपति वालकृष्ण सुवेदीकाे अध्यक्षता र सचिव छविलाल सुवेदीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।