नारायणस्थान पुर्णखोप सुनिश्चित भएको वडा घोषणा -

नारायणस्थान पुर्णखोप सुनिश्चित भएको वडा घोषणा

बिक्रम पौडेल बागलुङ नगरपालिका – १४ नारायणस्थानलाई वडा खोप समन्वय समिति नारायणस्थान स्वास्थ्य चौकी आयोजनामा पूर्णखोप सुनिश्चित भएको वडा घोषणा गरिएको छ ।

कार्यक्रम मा स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिता,पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्वता भन्ने मुल नारा का साथ पुर्ण खोप सुनिश्चित वडा घोषण तथा दिगोपना कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पूर्णखोपको महत्व, खोप कार्डको महत्व लगायतका विषयमा प्रशिक्षण समेत गरी पूर्णखोप प्राप्त गरेका बालबालिकाहरूलाई डिजिटल खोप कार्ड वितरण गरिएको थियो। कार्यक्रममा बागलुङ नगरपालिका वडा-१४ का वडाध्यक्ष चक्र बहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, स्वास्थ्य शाखामा कार्यरत , क्षयरोगमुक्त नेपाल अभियानका फोकल पर्सन प्रवेश पौडेल, तित्याङ स्वास्थ्य चौकी प्रमुख नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.