बलेवा विमानस्थल धावनमार्ग धमाधम कालोपत्र हुदै -

बलेवा विमानस्थल धावनमार्ग धमाधम कालोपत्र हुदै

धौलागिरी अनलाइन बिक्रम पौडेल २०७८/१०/१३
बलेवा विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ ।     पटक–पटक प्रभावित बन्दै आएको  वलेवा बिमानस्थल २०७८ फागुन मै कालोपत्र सम्पन्न हुने भएको छ ।  विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ  धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।
फागुन महिना भित्र  मौसम र प्रविधिले साथ दिएमा एक हप्तामै कालोपत्रेको काम सकिने ,विमानस्थलको धावनमार्गको कालोपत्रेले तीब्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको उहाँले जानकारी दिनुभयो । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म कोरोना, सडक सुचारु नहुदा काम रोकिएको हो ।
स्थानीय राजु पौडेल भन्छन बलेवा विमानस्थल धावनमार्ग कालोपत्र होला भन्ने उनि कल्पनै गरेको थिएनन, अव वलेवा बिमानस्थलमा जहाज आउला र खालि रहेका जग्गामा घर ,भवन धमाधम बन्दै जालान, भन्ने आशमा बसेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published.