बलेवा साकोसको १२ औं वार्षिक साधारण सभा केन्द्रीय कार्यालय बा.न.पा-१४ मा सम्पन्न -

बलेवा साकोसको १२ औं वार्षिक साधारण सभा केन्द्रीय कार्यालय बा.न.पा-१४ मा सम्पन्न

धौलागिरी अनलाइन असोज १० बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. बा.न.पा १४ को १२ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष इन्द्र प्रसाद शर्माको अध्यक्षता, बागलुंग नगरपालिका वडा नं. १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीको प्रमुख आतिथ्यता, संस्थाको एकाई साधारण सभाबाट चुनिएका प्रतिनिधि र विभिन्न सहकारी संस्थाहरू, राजनैतिक दलका प्रमुखहरू र शेयर सदस्यहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो, कार्यक्रममा संस्थागत गतिविधिको बारे पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार ढुण्डीराज शर्मा, शुभकामना मन्तव्य जनता धन मा वि का प्रअ कुमार पौडेल राजनैतिक दलहरूको तर्फबाट नेकपा एमाले वडा नं. १४ का अध्यक्ष महेन्द्र शर्माले दिनु भएको थियो, कार्यक्रममा यस वर्ष सर्वोत्कृष्ट कारोवार गर्ने शेयर सदस्य भूमिराज शर्मा, टेकबहादुर खड्का र कुलकुमारी शर्मालाई ‘बलेवा एकता सर्वोत्कृष्ट कारोवार सम्मान-२०७९’ बाट सम्मान गरिएको थियो, कार्यक्रम संस्थाका उपाध्यक्ष धनबहादुर रोकाको स्वागत मन्तव्य दिनुभएको थियो ।उक्त कार्यक्रम मा वलेबा एकता बचत तथा ऋण सहकारि दक्षिण भेगको नै एक उत्कृष्ट सहकारि रहेको कार्यक्रम आएका एक अतिथि बताएका थिय । संस्थाका प्रवन्धक भरत पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रमको बन्द सत्रमा संचालक समितिबाट प्रस्तावित् १४ वटा प्रस्तावहरूमाथी छलफल गरि पारित गरि कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.