बागलुङमा कोरोना संक्रमणबाट थप एक युवतिको मृत्यु

धौलागिरी अनलाइन – बागलुङमा कोरोना कोभिड को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया युवतीको गय राति मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बागलुङका कोरोना १९ फोकल पर्सन देवप्रकाश घिमिरेले दिएको जानकारी अनुसार उनको गय राति १२ः४० मा मृत्यु भएको हो ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि असार ४ गते धौलागिरी अस्पताल ल्याएको घिमिरेको भनाई छ ।एन्टिजेन्ट बिधिबाट परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको घिमिरेले जानकारी दिए । पछिल्लो केही दिन यता मृत्युदर र संक्रमणदर घट्दै गएको छ । सा- वा.पो

Leave a Reply

Your email address will not be published. Required fields are marked *