बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा करेन्ट लागेर एक युवकको ज्यान गएको हो । सडकबाट बाढीले ल्याएको माटो सफा गर्ने क्रममा
करेन्ट लागेर पर्वतको जलजला गाउँपालिका ६ धाइरिङ १९ वर्षीय सागर
नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । उपल्लाचौर राजकुमार शर्माको ग्यारेजको माटो सफा गर्दा करेन्ट लागेर ज्यान गएको स्थानीय याम बहादुर विकले बताए । आफूले माटो उठाउने र नेपालीले ठेलामा फाल्दै गर्दा करेन्ट लागेर अचेत भएको र अस्पतालमा उपचारका लागि लगिएको विकको भनाई छ ।
करेन्ट लागि अचेत भएर लडेका नेपालीलाइ धौलागिरी अस्पतालमा ल्याइए पनि अस्पतालले केही समयमै मृत घोषित गरेको थियो । मृतक नेपाली ससुराको घरमा बस्दै आएका थिए । सामान्य ज्याला मजदुरी गर्ने नेपालीका पिताको पनि महिना दिन अघि मृत्यु भएको थियो । मृतकको शव अस्पतालमा राखिएको छ । साभार बागलुङ पोष्ठ