धौलागिरी अनलाइन बिक्रम पौडेल फागुन १४ पसिनाको कमाई एक-एक सिक्का-साँवा र ब्याज एक ढिक्का भन्ने नारा ले संचालित बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि बागलुङ नगरपालिका -१३ को पयुँपाटा सेवा केन्द्र को आयोजना मा आफ्ना सेयर सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा वित्तीय साक्षरता सम्बन्धि एक दिने सहकारी शिक्षा शिविर संचालन गरेको थियो । उक्त शिविर को अध्यक्षता पयुँपाटा सेवा केन्द्रका अध्यक्ष तथा ब्यबस्थापन उप-समिति , प्रेम बहादुर रोका ले गर्नु भएको थियो । उद्घाटन बागलुङ नगरपालिका वडा नं- १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल ले गर्नु भएको थियो । शिविरमा स्वागत मन्तब्य सेवा केन्द्र तथा ब्यबस्थापन उपसमिति उपाध्यक्ष एकनाथ शर्माले दिनुभएको थियो । शिविरमा राष्ट्रिय सहकारी बैंकका संचालक प्रशिक्षक राम बहादुर जी.सी ज्युले प्रशिक्षण दिनुभएको थियो । उक्त शिविरमा संचालक समिति तथा शेयर सदस्यहरु ५० जनाको सहभागी थियो । कार्यक्रम को संचालन बलेवा एकता बचत तथा ऋण सहकारी पयुँपाटा सेवा केन्द्र का सचिव कृष्ण प्रसाद पौडेल र सहजिकरण प्रबन्धक भरत पौडेल बाग्लुङे ले गर्नुभएको थियो ।