January 30, 2023

बागलुङ नगरपालिका वडा नं‍‌. १४ नारायणस्थानमा नेपाली काँग्रेसका चक्रबहादुर खत्री विजयी भएका छन । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार रहेका खत्रीले कुल ११६३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धि सुरेन्द्र आर्चायले ४३५ मत प्राप्त गरेका छन । त्यसैगरी वडा सदस्य महिला तर्फ  सुनिता श्रेष्ठ  खुल्ला वडा सदस्यमा गबन्धनकै तर्फबाट काँग्रेसका थमबहादुर सुवेदी र डिलबहादुर  हरिजन विजयी भएका छन भने दलित महिला सदस्यमा चन्द्रा विश्‍वकर्मा सुनार विजयी भएकी छन । 

Leave a Reply

Your email address will not be published.