बाग्लुङमा नगरपालिका -१२ का स्वतन्त्र उम्मेदवार शर्मा को प्यानलै विजय -

बाग्लुङमा नगरपालिका -१२ का स्वतन्त्र उम्मेदवार शर्मा को प्यानलै विजय

धौलागिरी अनलाइन २०७९ जेठ २ बाग्लुङमा नगरपालिका -१२का स्वतन्त्र उम्मेदवारको प्यानलै विजय भएको छ । बाग्लुङ नगरपालिका वडा नः १२ मा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एसको संयुक्त गठबन्धनका विरुद्ध बागी स्वरुप स्वतन्त्र उम्मेदवारी दिएको कोपिलामणी शर्मा पुरै प्यानल विजयी भएको हो ।

५ दलका आधिकारिक भनिएका जनमोर्चाका लोकनाथ शर्माबिरुद्ध बागि हालेका काँग्रेसका कोपिलामणी शर्मा १३३८ मत ल्याएर वडाध्यक्ष बनेका छन । सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रिय जनमोर्चालाई परेको वडामा काँग्रेसले प्यानलसहित बागि हालेको थियो । भने उनिसँगै मुडा चिन्ह लिएर मैदानमा उत्रिएका चारै जना सदस्य समेत विजयी हुदाँ ५ दलको आधिकारिक भनिएका शर्माले १७८ मतमात्रै प्राप्त गरेका छन ।
५ दलका विरुद्ध एक्लै एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका गुरु प्रसाद पाठकले ८०१  मत प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published.