October 13, 2024

काठमान्डौ । दिनभरि कामको थकानले उथलपुथल भएको शरिर र दिमागलाई थोरै भएपनि शान्त बनाउन मनोरञ्जनले महत्वपुर्ण भुमिका खेल्छ । तर दिन भर काम गरेर तनाबमा रहेको शरिर मेला र महोत्सव खोज्न कहाँ जाने , फेरि रातको समयमा मेला महोत्सव र रमाइलो पनि हुदैन । यहि दैनिक मनोरञ्जन दिने स्थल बन्न थालेका छन् दोहोरी साझ र डान्सबारहरू ।लमजुङमा रहेको रमझम दोहोरी साझ फरक ब्यबस्थापनका साथ सञ्चालन हुने भएको छ ।
रमझम दोहोरी साझले हरेक दिन बेलुकि ७ बजेबाट राति ११ बजे सम्म लाईभ दोहोरी दिने भएको छ । रमझम दोहोरी साझका सञ्चालक अर्जुन पाण्डेले स्थानिय कलाकारहरको प्रयोग गरेर दोहोरि चलाउने बताएका छन् । कोरोनाले थला पारेको संगीत र मनोरञ्जन क्षेत्र यतिबेला चलायमान बन्न थालेको बताउदै दोहोरी साझ चल्नेमा उनि ढु्क्क छन ।

सञ्चालक पाण्डेका अनुसार स्थानिय कलाकार अप्सरा अधिकारीलाई दो​होरी गायिकाको रूपमा अनुबन्ध गरेको र सबै कलाकारको ब्यबस्थापन उनले नै गर्नुे बताईएको छ । स्थानिय स्तरमा चलेका कलाकार भएकोले उनले आउने ग्राहक र दर्शकलाई मनोरञ्जन दिनेमा सञ्चालक पाण्डे ढुक्क छन् ।

स्थानिय गायिका रहेकी उनले नेपाल तथा भारतका बिभिन्न स्थानमा आफ्नो प्रस्तुति दिईसकेकी छन् ।

Leave a Reply

Your email address will not be published.