सामुदायिक बन दिवस को शु-अबसरमा डुङ्गा चौर सामुदायिक बनमा बृक्षारोपण कार्यक्रम सम्पन्न -

सामुदायिक बन दिवस को शु-अबसरमा डुङ्गा चौर सामुदायिक बनमा बृक्षारोपण कार्यक्रम सम्पन्न

श्रावण २४ बिक्रम पौडेल सामुदायिक बन दिवस को शु-अबसरमा डुङ्गा चौर सामुदायिक बन उपभोक्ता समिति बा.न.पा-१४ को आयोजना मा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बृक्षारोपण कार्यक्रम को अध्यक्षता डुङ्गा चौर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मिनारायण श्रेष्ठ ले गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिका का उप प्रमुख राजु खण्डका र विशिष्ट अतिथि डिभिजन बन कार्यालय प्रमुख मुकुन्द प्रसाद अधिकारी ,बागलुङ नगरपालिका का योजना तथा प्रसासकिय अधिकृत युक्त प्रसाद सुबेदि, सव-डिभिजन वन कार्यालय सहायक वन अधिकृत मदन सुबेदि, डिभिजन वन कार्यालय बर गंगा बहादुर के.सि , ने.क.पा माओवादी केन्द्र बागलुङ का सह-सचिव जिवन शर्मा ,बागलुङ नगरपालिका -१४ का वडाअध्यक्ष चक्र बहादुर खत्री , कार्यपालिका सदस्य चुर्ण बहादुर सुनार, कार्यपालिका महिला सदस्य सुनिता श्रेष्ठ, वार्ड सदस्य डिल बहादुर हरिजन, चन्दा सुनार, थम बहादुर सुबेदि (राजु) लगायत अन्य पाटि प्रमुख, संस्था का प्रमुख/प्रतिनिधि , टोल बिकास संस्था का संयोजक ,उपभोक्ता समेत को उपस्थितिमा बागलुङ नगरपालिका का उप-प्रमुख राजु खण्डका ले उक्त कार्यक्रम को उद्घाटन बिरुवा रोपेर गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य डुङ्गा चौर सामुदायिक बन का उपाध्यक्ष भुमिश्वोर आचार्य ले दिनुभएको थियो ।
कार्यक्रम मा शुभकामना मन्तब्य सम्पुर्ण संस्था को तर्फ देखि बलेवा नारायणस्थान दुग्ध उत्पादन सहकारी संस्था लि.का अध्यक्ष ढुण्डिराज शर्मा , सम्पूर्ण पाटि को तर्फ देखि ने.क.पा एमाले बागलुङ नगरपालिका -१४ वार्ड कमिटी अध्यक्ष महेन्द्र शर्मा शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा -१४ को अध्यक्ष चक्र बहादुर खत्री ले यस डुङ्गा चौर सामुदायिक बन का लागि आवाश्यक सहयोग का लागि आगामि दिनमा सहकार्य गर्ने बताउनुभएको थियो ।
कार्यक्रम सव डिभिजन वन कार्यालय सहायक अधिकृत मदन सुबेदि ले डुङ्गा चौर सामुदायिक बन लाई आफ्नो क्षेत्र बाट सम्पूर्ण सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रम मा बागलुङ नगरपालिका का योजना तथा प्रसासकिय अधिकृत युक्त प्रसाद सुबेदि ले यस डुङ्गा चौर सामुदायिक बन लाई एउटा उत्पादन मुखि बनाउन जोडदिनु पर्ने र बागलुङ नगरपालिका बाट पुर्ण सहयोग रहने बताउनु भएको थियो ।
डिभिजन वन कार्यालय प्रमुख मुकुन्द प्रसाद अधिकारी ले कार्यक्रम मा बोल्दै आगामी दिन हरुमा यस ढुंगा चौर सामुदायिक बन लाई पर्यटकिय तथा उत्पादन मुखि हराबरा बनाउन वन कार्यालय को सहयोग रहने बताउनुभएको थियो ।
कार्यक्रम मा प्रमुख अतिथि बागलुङ नगरपालिका का उप प्रमुख राजु खण्डका ले डुङ्गा चौर सामुदायिक बन का लागि आफुले सके सम्म को सहयोग गर्ने र यस क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन र बन डिल तर्फ तारबार गर्न नगरपालिका को तर्फ देखि सहयोग गर्ने बताउनुभएको थियोे ।
कार्यक्रम का अध्यक्ष लक्ष्मिनारायण श्रेष्ठ ले सम्पूर्ण उपस्थित प्रमुख अतिथि,बिशिष्ट अतिथि, अतिथि उपभोक्ता लाई धन्यवाद दिदै कार्यक्रम को समापन गरिएको थियो
उक्त कार्यक्रम को संचालन बिक्रम पौडेल ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.