हेटौंडामा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु -

हेटौंडामा मोटरसाइकलको ठक्कर बाट एक जनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धरान चतरा सडकखण्ड अन्तरगत हेटौडाबाट ठुलोदमार तर्फ जादै गरेको बा ५८ प५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री रामधुनीका ३५ वर्षिय बिनोद रमतेललाई ठक्कर दिदा उनको हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.