बागलुङ सेवा समाज”दोहा कतार निरन्तर श्रमिकको उद्धार तयार -

बागलुङ सेवा समाज”दोहा कतार निरन्तर श्रमिकको उद्धार तयार

बिक्रम पौडेल बागलुङ
विश्वभर कोरोना भाईरस कोबिड -१९ को डर त्रास भएको अवस्थामा प्रवासमा रहेका मातृ संस्थाले निभ्याउन पर्ने भूमिकाबाट यस “बागलुङ सेवा समाज”दोहा कतार निरन्तर श्रमिकको उद्धार र समस्यामा हातेमालो गर्न तयार रहेको सहर्ष ,दोहामा तपाँई बस्ने घर वरपर जो कोही बागलुङगबासी हुनुहुन्छ भने उहाँलाई एक पटक सोध्नु होला । खान बस्न र स्वास्थ्य अवस्था कस्तो छ ? भनेर ।

कतारमा रहेका कोही पनि बाग्लुङ्गे श्रमिकहरूमा खानपिनको समस्या परेको भए, वा सो सम्बन्धी कसैलाई जानकारी भए “बागलुङग सेवा समाज”काआधिकारिक व्यक्ति‍हरूलाई खबर गरीदिनु हुन बागलुङ सेवा समाज दोहा कतार का अध्यक्ष सन्तोष पौडेल ले हामी लाई जानकारी दिनुभयो ।

बागलुङग सेवा समाज दोहा कतार हरदम र सम्भव भए जति सहयोग गर्न तत्पर रहेको कुरा पुनः दोहा कतारमा रहेका कोही बाग्लुङ्गेहरूलाई कोरोना लागेको तपाईँलाई जानकारी भए, वँहा‍हरूलाई सहयोगको आवश्यकता परेमा, कसैले यस दैविक आपत्तिको बेलामा स्वतःस्फूर्त सहयोग गर्न चाहनुहुन्छ भने तपशिलको व्यक्तिहरूलाई सम्पर्क गरी सहयोग लिन,दिन चाहानुहुन्छ भने निम्न सम्पर्क नम्बर मा फोन गर्न अध्यक्ष पौडेल ले अनुरोध गर्नुभएको छ ।
१)अध्यक्ष :सन्तोष पौडेल ६६४९६४०२
२)उपाध्यक्ष:टिका कार्की ७०६७३४६६
३)संरक्षक : रमेश भट्ट ७७९९०२३३

*यदि कल गर्न समस्या छ, भने पदाधिकारीहरूको Whatsapp/Viber मा भोइस म्यासेज या म्यासेज छाड्न सक्नु हुनेछ l

“कोरोना भाइरस बाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ”
नोट:- बिरामी या सहयोग याचनाको गोपनीयता राखिने छ l

“नेपाल आमाको जय होस्, नेपालीहरूको कल्याण होस्! “

Leave a Reply

Your email address will not be published.