January 30, 2023

पाँचथरमा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर  जेसीबी अपरेटरको ज्यान गएको छ । 
याङ्वरक गाउँपालिका ३ स्थित सामाखु हाईड्रोपावरकामा कार्यरत ३३ बर्षीय लालबहादुर थारुको आईतवार विहान  सडक निर्मार्णको क्रममा ढुङ्गाले लागेर गम्भीर घाईते भइ उपचारका लागि जिल्ला अस्पताल पाँचथर प¥याइएकोमा उनको अस्पतालमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ  । 
थारु बर्दिया घर भइ उक्त हाईड्रोपावरमा जेसीबी अपरेटीङ गर्दै आएकाथिए । रासस

Leave a Reply

Your email address will not be published.