सार्थक प्रकाशन अन्तर्गतकाे साहित्यकुञ्ज मसिककाे छैठाैं श्रृंखला कार्यक्रम सम्पन्न -

सार्थक प्रकाशन अन्तर्गतकाे साहित्यकुञ्ज मसिककाे छैठाैं श्रृंखला कार्यक्रम सम्पन्न

१५ भाद्र २०८२ बागलुङ
सार्थक प्रकाशन अन्तर्गतकाे साहित्यकुञ्ज मसिककाे छैठाैं श्रृंखला कार्यक्रम सम्पन्न भएकाे छ । मिति २०८२ भाद्र १५ गते वगलुङ नगरपालिका वडा नं १ स्थित वि.पि.स्मृति पार्कमा सञ्चालित उक्त कार्यक्रम प्रमुख प्रतिभा ८७ वर्षिया समाजसेवी दुर्गा वहादुर आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रतिभा आचार्यले आफ्नै रचनाकाे लाेक भजनकाे वाचन गर्दै साहित्य संस्कार र परम्परा समाजिक सभ्यताकाे जग भएकाे कुरामा जाेड दिनु भएकाे थियाे । साे अवसरमा ख्यामराज सुवेदी, गुणरत्न पाैडेल, रामचन्द्र शर्मा, शकुन्तला शर्मा, शान्ति ज्ञवाली, मधु पाैडेल, युक्तजंग राजभण्डारी र युक्त प्रसाद सुवेदीले आ-आफ्ना माैलिक रचनाहरु वाचन गर्नु भएकाे थियाे । 

साे अवसरमा समाजसेवी महिला नेतृ गिता शर्मा,पुर्व क्याम्पस प्रमुख गाेविन्द प्रसाद कँडेल, वि.पि. स्मृति पार्कका अध्यक्ष एवं समाजसेवी महेन्द्र आचार्यले संस्थाकाे उन्नति र प्रगतिका लागि शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । उक्त कार्यक्रम संस्थाका अध्यक्ष युक्त सुवेदिको अध्यक्षता, उपाध्यक्ष सकुन्तला शर्माको स्वागत र सचिव युक्त जङ्ग राजभण्डारी को सन्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.