कास्कीको माछापुच्छ्रे ७ मा बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
७ जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । माछापुच्छ्रे इदीखोलाबाट पोखरा आउदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो ।
जीप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको थियो । रासस