बैंकर्स बागलुङको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न -

बैंकर्स बागलुङको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

धौलागिरी अनलाइन बागलुङ “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ बैंकर्स बागलुङ ले शनिबार बैंकर्स हरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेकोे छ। उक्त प्रतियोगिता काे उदघाटन बैंकर्स बाग्लुङ का अध्यक्ष हेमराज शर्माले गर्नुभएको थियो।

प्रतियोगितात्मक उक्त फुटबल कार्यक्रममा वोल्दै बैंकर्स बाग्लुङका अध्यक्ष हेमराज शर्मा ले बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्र को काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै बैंकर्स हरूको आफनो स्वास्थ्य एबं शारीरिक तन्दुरुस्तीको लागि पनि समय समयमा यस्ताे कार्यक्रमको आयोजना गरीएको वताउनु भयो।

कार्यक्रमको लक्ष्य एबम उद्येश्य को बारेमा मैत्रीपुर्ण फुटबल कार्यक्रमका संयोजक सन्तोष थापाले प्रकाश पार्नु भएको थियो।

प्रतियोगितामा बिभिन्न चार समुह का ३६ जना बैंकर्स खेलाडी हरूले मैत्रीपुर्ण प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता मा बैंकर्स हेमराज शर्माले नेतृत्व गरेकोे समुह (A) ले प्रथम स्थान हासिल गरेको थियो। प्रतियोगिता को उत्कृष्ट खेलाडी काे उपाधी समुह (A) का रोहन खड्का र सबैभन्दा धेरै गाेल गर्ने खेलाडीको उपाधि समुह (C) का सतिश के. सी ले हात पार्न सफल भएको बैंकर्स बागलुङ का कोषाध्यक्ष टंक प्रसाद शर्माले जानकारी दिनुभयो।

प्रतियोगितामा बागलुङ का १०० भन्दा बढि बैंकर्स हरूको उपस्थिति रहेको थियो।
प्रतियोगितात्मक उक्त कार्यक्रम बैंकर्स बागलुङ का अध्यक्ष हेमराज शर्माको अध्यक्षता , उपाध्यक्ष विकास पौडेलको सञ्चालन तथा खेलकुद संयोजक सन्तोष थापाको संयोजनमा सम्पन्न भएको थियो।

बैंकर्स बागलुङ ले समय समय मा जिल्लामा बिभिन्न रचनात्मक कार्यक्रम हरूको साथमा संस्थागत सामाजिक उत्तरदायीत्व बहन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published.