बागलुङमा ट्याक्टर दुर्घटना भएको छ । बागलुङ नगरपालिका—१ रामरेखा स्थीत बागलुङ—पाङ जोड्न् लामो पुलमुनी ट्याक्टर दुर्घटना भएको हो ।
ग १ त ४११२ नम्बर ट्याक्टर दुर्घटना भएर क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेले बताए । ट्याक्टरमा रहेका तीन जना भने हाम फालेर सकुसल रहेको उनले जानकारी दिए ।
‘ठिक लामो पुलमुनीबाट ट्याक्टर तल खसेर क्षतविक्षत भएको छ,’ प्रहरी निरीक्षक पौडेलले भने,‘चालक सहित तीन जना रहेछन् । उनीहरु हाम फालेर बाँचेका छन् । उनीहरु अहिले यहाँ छैनन् गाडी धनीको सम्पर्कमा रहेको भन्ने बुझिएको छ, हामीले अनुसन्धान गर्दैछौं ।’
चालक सवारी धनीको सम्पर्कमा रहेको कारण यस ट्याक्टर कता जाँदै गरेको भन्ने पनि नखुलेको उनले बताए । लामो पुलमुनीबाट खसेको ट्याक्टर टुक्राटुक्रा परेको छ । श्रोत बागलुङ पोष्ट