मकवानपुर मा स्कुटर दुर्घटना हुँदा श्रीमती को मृत्युु श्रीमान घाइते -

मकवानपुर मा स्कुटर दुर्घटना हुँदा श्रीमती को मृत्युु श्रीमान घाइते

हेटौंडा, ९ कात्तिक/ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.