पर्वतको कुस्मा नगरपालिका दुर्लुङ चोकमा जिप दुर्घटना भएको छ ।
१० जना सवार रहेको ना १ ज ५४३१ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो ।
बागलुङ देखि चितवन हिडेको जिपमा रहेका सबै यात्रुको अवस्था सामान्य रहेको न्युरेले जानकारी दिनुभयो। बिस्तृत बिबरण आउन बाँकी ।