
१७ चैत / पोखराको न्यूरोडमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको माइक्रोबसेको ठक्करबाट मृत्यु भएको हो ।
ग१ज ४५४० नम्बरको माइक्रोबसले ग५प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत भएको प्रहरीले जानकारी दिएको छ ।
केही दिन अगाडी पनि माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको थियो ।