ढोग नगरेको भन्दै सल्यानमा कुटपिट गर्दा एक जनाको मृत्यु -

ढोग नगरेको भन्दै सल्यानमा कुटपिट गर्दा एक जनाको मृत्यु

सल्यानमा ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएकाे छ। जिल्लाको बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीको कुटपिट गर्दा मृत्यु भएको हो ।

उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए ।

सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा  स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए । तर, घनश्यामले ढाेग दिएनन् । त्यसपछि उनीहरूले घनश्यामलाई घाइते हुनेगरी कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ । उनका अनुसार घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्यु भएकाे छ।

परिवारले घनश्यामकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंकाे अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए ।  डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो  ।

कार्कीका अनुसार  कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.