May 25, 2024

धौलागिरी अनलाइन बिक्रम पौडेल फागुन ६ गते
बागलुङ नगरपालिका -१४ नारायणस्थान मा रहेको आधारभुत विद्यालयको छत्तीसौँ वार्षिकोत्सव मूल समारोहको  सम्पन्न ।
कार्यक्रम को अध्यक्ष  बिद्यालय ब्यबस्थापन समिति का.अध्यक्ष ओम बहादुर केसी  ले गरेका थिए ।

कार्यक्रम को उद्घाटन पानसमा बत्ती बालेर प्रमुख अतिथी गण्डकी प्रदेश सभासद् कृष्ण पाठक ज्यू विशिष्ट अतिथि नगर शिक्षा शाखा बाग्लुङका शिक्षा अधिकृत गौरव राना मगर, विशिष्ट अतिथि बा.न.पा. १४ का वडाध्यक्ष  चक्रबहादुर खत्री, ले गरेका थिए ।

कार्यक्रम मा अन्य अतिथिहरु कार्यपालिझ सदस्य सुनिता श्रेष्ठ, चुराबहादुर सुनार एवं वडा सदस्य थमबहादुर सुवेदी (राजु), चन्द्रा सुनार, डिलबहादुर नेपाली, अतिथिहरू स्थानीय राजनीतिक दलका प्रमुखहरू, संघसंस्थाका प्रमुखहरू, शिक्षाप्रेमी, समाजसेवी, दानदाता, पि.टि.ए. सल्लाहकार साथै छिमेकी विद्यालयका प्रधानाध्यापक हरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।


    कार्यक्रममा स्वागत मन्तव्य सहायक प्र.अ. कृष्णप्रसाद सुवेदीले गर्नुभयो साथै विद्यालयको प्रगति प्रतिवेदन प्र.अ. उमानाथ रिजालले दिनुभएको थियो । कार्यक्रम विभिन्न व्यक्तिहरूबाट विद्यालयको उत्तरोत्तर प्रगतिको कामना सहित कार्यक्रमको सञ्चालन शिक्षक अशोक सुवेदी गरेका थिए ।

Leave a Reply

Your email address will not be published.