तेस्रो बालाचतुर्दशी मेला वलेवा मा सम्पन्न -

तेस्रो बालाचतुर्दशी मेला वलेवा मा सम्पन्न

बागलुङ नगरपालिका -१४ नारायणस्थानमा अवस्थित प्रसिद्ध धार्मिकस्थल सरस्वती मन्दिर तथा शिवालय मन्दिरमा बृहत् तेस्रो बालाचतुर्दशी मेला सम्पन्न भएको छ । सरस्वती मन्दिर तथा शिवालय मन्दिर ब्यवस्थापन समिति र नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान को सह-आयोजनामा तेस्रो बृहत् बालाचतुर्दशी मेला -२०८२ मा बागलुङ नगरपालिका का उप प्रमुख राजु खड्का को प्रमुख आतिथ्यता र बागलुङ नगरपालिका -१४ का वडा अध्यक्ष चक्र बहादुर खत्री ,बागलुङ नगरपालिका -१३ का वडा अध्यक्ष नारायण पौडेल को बिशिष्ठ आतिथ्यता मा उक्त कार्यक्रममा बागलुङ तथा पर्वत जिल्ला का विभिन्न वार्ड बाट पाल्नु भएका श्रद्वालु भक्तजन को उपस्थितमा उक्त मेलामा राष्ट्रिय स्तरका कलाकार हरु लगायत पण्डित केशव आचार्य को मुखारबिन्दु कथा वाचन भजन कृतन सहित उक्त मेला भब्य रुपमा सम्पन्न भएको हो ।

उक्त मेलाका अध्यक्ष योगेन्द्र राज शर्मा पौडेल को अध्यक्षता र मेलाको संचालन बिक्रम पौडेल ले गरेका थिए । उक्त कार्यक्रम बालाचर्तुदशीमा सतविज छरेमा पितृ उद्धार हुने जनविश्वास छ ।


डुङ्गाचौर सामुदायिक बन भित्र रहेको सरस्वती मन्दिर तथा शिवालय मन्दिर लाई अझै ब्यवस्थित बनाएर एक महत्त्व बोकेको धार्मिक स्थल बनाउन यश क्षेत्र का समुदाय हरु लागि परिरहेको यश मन्दिर ब्यवस्थापन समिति अध्यक्ष शर्मा ले बताएका छन । यश शतविज को मेलाको थाली लक्ष्मिनारायण श्रेष्ठ को नेतृत्व मा बिक्रम पौडेल, पण्डित केशव आचार्य र योगेन्द्र राज शर्मा पौडेल ले शुरुवात गरेका थिए ।

Leave a Reply

Your email address will not be published.