January 30, 2023

तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका वर्ष ४५ को माधवबहादुर अर्जेलको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिबार साँझ ६:५५ बजे आफ्नो घरदेखि करिब ३०० मिटर पर धमिलिकुवा सामुदायिक बनमा भिरबाट लडेको अवस्थामा अर्जेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार अर्जेल सालको रुखको जरामा अड्किएको अवस्थामा भेटिएका थिए । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लाकै शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा भारत उत्तर प्रदेश जगदिशपुर बलिहरी कबिरका बर्ष ५८ का राम सुरतको मृत्यु भएको छ । बेलचौतरामा डेरा गरी बस्ने सुरत आफु सुत्ने कोठामा बिरामी अवस्थामा फेला परेको र उपचारको लागी जि.पी.कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा गएराती १०ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी निरक्षक खड्काले जानकारी दिए । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.