बागलुङ धौलागिरी अनलाइन १७ भाद्र बागलुङका कला, साहित्य, संगीत र राजनीतिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् ।सोमबार एक सय ५९औँ मोती जयन्तीका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।
सार्थक प्रकाशन बागलुङले २०८० सालको ‘ मोती सार्थक सम्मान’ बागलुङका समाजसेवी देवबहादुर श्रेष्ठ र २०८१ सालको मोती सार्थक सम्मान पूर्व संघिय सांसद मन कुमारी केसी जिसीलाई प्रदान गरेको हो ।
यस्तै धवल कला मन्दिरबाट चार कलाकार सम्मानित हनुभएको छ ।
धवल मोति सम्मान २०८० बाट बागलुङका गायक शुभराम भारी र वाद्यवादक अजय प्रसाद मलेपतीलाई र २०८१ को धवल माेती सम्मानबाट कलाकार युवराज राजभण्डारी र गायक सुदर्शन शाक्य सम्मानित हुनुभएको छ ।
सोही समारोहमा स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ बाट यस वर्ष दुई युवा स्रष्टालाई सम्मान गरिएको छ ।
२०८० को सम्मान बागलुङ बजारका पत्रकार तथा कवि मुकेशचन्द्र राजभण्डारी र २०८० को सम्मान काठेखोला गाँउपालिका बिहुँका पत्रकार तथा कवियत्री कोपीला कँडेललाई प्रदान गरिएको हो ।
राजभण्डारी र कँडेललाई कला, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियासिल रहेकाले सम्मान गरेको अध्यक्ष काजि रोशनले बताउनुभयो । सम्मानित व्यक्तित्व सबैलाई प्रतिष्ठानका अध्यक्ष काजि रोशन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयासले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष काजि रोशनले बताउनुभयो ।
मोती जयन्तीका अवसरमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।
सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले भाषा,कला,साहित्य र संगितकर्मीलाई सम्मान गरेर संस्थाले असल कार्य गरेको बताउनुभयो । यस्ता कार्यक्रमले कला संस्कृतिको जर्गेर्ना गर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युवाकवी मोतीराम भट्टको जिवनी बारे धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले गर्नु भएकाे थियाे भने सम्मानित व्याक्तित्वकाे वारेमा गोविन्द सुवेदीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सम्मानित व्याक्तित्व मन कुमारी केसी जिसी, युवराज राजभण्डारी र मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सर्जकहरु धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक रामचन्द्र शर्मा, कोपीला कँडेल, शान्ति ज्ञेवाली, मधु पौडेल लगायतले आ आफ्नाे रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सार्थक प्रकाशन बागलुङका अध्यक्ष युक्तप्रसाद सुवेदीको संचालन सम्पन्न भएको थियो । रासस