बागलुङ : बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका एक व्यक्तिको शनिबार बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । जैदी बतासेका ५३ वर्षीय रेशम थापा मगरको
भिरबाट लडेर मृत्यु भएको स्थानीय देवेन्द्र राना बताए । चोखेकदेखि बोर तर्फ जाने बाटोबाट खसेर थापाको घट्ना स्थलमानै मृत्यु भएको बताईएको छ । थापाका ३ भाई छोरा र एक छोरी रहेका छन् । छोराहरु प्रवाशमा
रहेको बताईएको छ । घट्ना शनिबार दिउँसौ करिब २ बजेको समयमा भएको बताईएको छ । थापा भीरबाट करिब ५ सय मिटर तल खसेको सागर गिरीले जानकारी दिए । थापाको टाउकोमा गहिरो चोट लागेको थियो ।श्रोत बागलुङ पोष्ट