मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न -

मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न


बागलुङ नगरपालिका–१४ स्थित गणेश माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय, बागलुङको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।


कार्यक्रममा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो। विशेषगरी डिप्रेसन, एन्जाइटी, साइकोसिस तथा तनाव जस्ता मानसिक समस्याका लक्षण, प्रभाव र समाधानका उपायबारे सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई सचेत गराइएको थियो।
सहभागीहरूलाई मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न, तनाव व्यवस्थापन गर्न तथा आवश्यक परेमा समयमै परामर्श लिन प्रेरित गरिएको आयोजकले जनाएको छ।


कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.