स्वतन्त्र पत्रकार संघकाे केन्द्रीय पाँचाैं अधिवेशन सम्पन्न -

स्वतन्त्र पत्रकार संघकाे केन्द्रीय पाँचाैं अधिवेशन सम्पन्न

२०८२.१२.२१ नवलपरासी गैंडाकाेट
“पत्रकार वन्नु त स्वतन्त्र वन्नु, स्वतन्त्र नै हाे पत्रकार भन्नु” भन्ने मुल नाराका साथ स्वतन्त्र पत्रकार संघकाे चाैधाैं साधारण सभा तथा पाँचाैं अधिवेशन सम्पन्न भएकाे छ । नवलपरासी सुस्ता पुर्वकाे गैडाकाेटमा भएकाे केन्द्रीय अधिवेशनकाे अवसरमा  प्रमुख अतिथि उदय वहादुर अमात्यले व्यानर पढेर अधिवेशनकाे शुभारम्भ गर्नु भएकाे थियाे ।

अधिवेशनकाे उद्घाटन समाराेहमा काेषाध्यक्ष वद्री वहादुर दुलालले संस्थाकाे आर्थिक पतिवेदन पेश गर्नु भएकाे थियाे भने महासचिव महेशजंग कुँवरले संस्थाकाे सांगठनिक प्रतिवेदन  प्रस्तुत गर्नु भएकाे थियाे । प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गर्दै नयाँ कार्यसमितिकाे चयन गरि साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे थियाे । २०६९ सालमा स्थापना भएकाे स्वतन्त्र पत्रकार संघले हालसम्म ३१ वटा जिल्लामा आफ्नाे शाखा विस्तार गरि सकेकाे छ । साे अवसरमा सवै जिल्ला अध्यक्षहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएकाे थियाे भने प्रमुख अतिथि एवं स्वतन्त्र पत्रकारसंघका जेष्ठ सदस्य उदय वहादुर अमात्यलाई रु २५,०००। धनराशिकाे सामाजिक सेवा पुरस्कारबाट सम्मानित गरिएकाे थियाे ।

प्रशिद्ध माैला कालिकाे काखमा अवस्थित भण्डारी सेवम समाज नेपालकाे सभाहल धारापानीमा सम्पन्न भएकाे चाैधाैं साधारण सभा तथा पाँचाैं अधिवेशनकाे बन्द सत्रले कृष्ण प्रसाद वाँस्ताेलाकाे अध्यक्षतामा १५ सदस्यीय स्वतन्त्र पत्रकार संघकाे केन्द्रीय समिति गठन गरेकाे छ ।  कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद वाँस्ताेलाकाे अध्यक्षता,उपाध्यक्ष तिर्सनालक्ष्मी गुरुङकाे स्वागत र  महासचिव महेशजंग कुँवर र उपमहासचिव सुरेश श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
नवनिर्वाचित केन्द्रीय कार्यसमिति
अध्यक्ष :    कृष्ण प्रसाद वाँस्ताेला,
उपाध्यक्ष : तिर्सनालक्ष्मि गरुङ 
महासचिव : सुरेश श्रेष्ठ
सचिव :    कल्याण पन्त 
काेषाध्यक्ष :   नमस्कार शाह
जनजातअं सदस्य : पृथ्विराज श्रेष्ठ
खुला सदस्य :  युक्त प्रसाद सुवेदी 
खुला सदस्य :   याेगेश खपाङ्गि 
खुला सदस्य :   सुरेश प्रसाद सैंजु
खुला सदस्य :    प्रेमध्वज लामा
खुला सदस्य :    सागर कार्की
खुला सदस्य :    कृष्ण वहादुर रानाभाट
यद्यपि महिला, दलित र मधेशि काेटामा कुनैपनि दरखास्त नपरेकाले निर्वाचन प्रकृयामा रिक्त भएकाे कुरा निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता पुर्णचन्द्र चापगाँइले वताउनु भयाे ।

Leave a Reply

Your email address will not be published.