सुकल्पकाे गण्डकीकाे ऐतिहासिक वैठक सम्पन्न । -

सुकल्पकाे गण्डकीकाे ऐतिहासिक वैठक सम्पन्न ।

२ जेठ २०८३ म्याग्दी राखु
युक्त प्रसाद सुवेदी
सुबेदी कल्याण प्रतिष्ठान गण्डकी प्रदेश समतिकाे वैठक सम्पन्न भएकाे छ । म्याग्दिकाे रघुगंगा गाउँपालिका स्थित सुवेदीहरुकाे पुर्ख्याैली थलाे राखु भगवती, माैवाफाँटमा अवस्थित सुवेदी कुलमन्दिरमा आयाेजित वैठकका अवसरमा प्रमुख अतिथि एवं सुकल्पका केन्द्रीय कुलाधिपति रमेश सुवेदीले नवनिर्मित कुल मन्दिरकाे समुद्घाटन गर्नु भएकाे छ । साे अवसर पारी म्याग्दी जिल्ला समितीले केन्द्रीय कुलाधिपति रमेश सुवेदीलाई दाेसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरेकाे थियाे । वैठकमा म्याग्दी, पर्वत, बागलुङ कास्की , तनहुं , लमजूङ, र स्याङ्जा जिल्ला समितिका प्रमूख एवं प्रतिनिधिहरूबाट जिल्लाको समग्र प्रतेवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने माैवाफाँटबाट डण्डपानी सुबेदी र अमराई बाट लक्ष्मीप्रसाद सुबेदीलेे कुलपूजा बिधि र वंश परम्पराका सम्बन्धमा जानकारी गराउनु भएकाे थियाे ।


उक्त अवसरमा बैठकलाई केन्द्रिय काेषाध्यक्ष रामराज सुवेदी सचिव बिनोद सुबेदी, र मूकुन्दराज सुबेदी, उप कुलाधिपतिहरू ईन्दिरा सुबेदी र सि.पी सुबेदी, सल्लाहकार प्रमूख जगत प्रसाद सुबेदी, सुकल्पका संस्थापक प्रा.डा राजाराम सुबेदी र केन्द्रिय कूलाधिपति रमेश सुबेदीले सम्बोधन गर्नु भएकाे थियाे । वैठक सुकल्प गण्डकिका अध्यक्ष वालकृष्ण सुवेदीकाे अध्यक्षता, उपाध्यक्ष देवि सुवेदीकाे स्वागत, सह सचिव युक्त प्रसाद सुवेदीकाे सञ्चालन र राखु माैवाफाँट सुबेदी कुलमन्दिर ब्यवस्थापन समितीका अध्यक्ष निलकण्ठ सुबेदीकाे धन्यवाद सहित सम्पन्न भएकने थियाे ।

वैठकमा कुलपुजा विधि र प्रकृया, वंशावलि निर्माण, तेस्राे अधिवेशनकाे तिथि मिति निर्धारण र सुकल्पकाे केन्द्रिय कार्यालय भवन निर्माणकालागि आर्थिक सहयाेग जुटाउने विषयमा व्यापक छलफल भएकाे थियाे । उक्त वैठकले गण्डकी प्रदेशको तेस्रो अधिवेशन २०८३ साल भाद्र २० गते पर्वतको कुश्मा नगरीमा सम्पन्न गर्ने निर्णय गरेकाे छ । कार्यक्रममा म्याग्दी, पर्वत, बागलुङ, कास्की,तनहुं , लमजूङ, र स्याङ्जा जिल्लाका सुवेदी वन्धुहरुकाे महत्वपुर्ण उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published.