बागलुङ १८ पौष २०८१
ताराखोला गाँउपालिकाको कार्यालयमा आधारभुत मानसिक स्वास्थ्य प्राथमिक उपचार एवं ध्यानयोग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शुभारम्भको अवसरमा उपस्थित गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतका अतिथि तथा सहभागिहरुले कार्यक्रमको मुल व्यानरमा हस्ताक्षर गरी सामुहिक रुपमा शुभारम्भ गरिएको थियो । कार्यक्रमको आयोजना ताराखोला गाँउपालिकाले गरेको थियो भने जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, धौलागिरी आयुर्वेद अस्पताल, जुनकिरी नेपाल, अर्गल विकास मञ्च, ताराखोला वहुउद्येश्यीय संस्था, पतञ्जली योग समिति र ओशो अमृतम ध्यान केन्द्र बागलुङको समन्वय र सहयोग रहेको थियो ।

मानसिक स्वास्थ्यको प्राथमिक परिक्षण र उपचार मनोसामाजिक परामर्श र ध्यानयोग जस्ता जीवन पद्धतीसंग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन ।
कार्यक्रमको शुभारम्भको अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष धन वहादुर वि क हिमालले हुँदा खाने जनतालाइ कसरी हुनेखाने वनाउनु आजको टड्कारफो आवश्यकतामा जोडदिंदै सो अवसरमा सामाजिक समुन्नतीका लागि मानसिक स्वास्थ्यको महत्वपुर्ण भुमिका रहने भएकोले मानिसको जीवनमा मानसिक स्वास्थ्य पहिलो आवश्यकता रहेको वताउनु भयो ।

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष भीम वहादुर रोकाले मानिसले मानसिक स्वस्थता विना कुनैपनि काम गर्न सक्दैन । मानसिक स्वास्थ्यका लागि मनोपरामर्श सेवा विना औषधिको उपचार सेवा भएकोले यसको व्यापकतालाइ वढाउदै लैजानु पर्ने आवश्यकता औल्याउन् भएके थियो ।
त्यसैगरी कार्यक्रमको शुभारम्भ समारोहमा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले नियमित योगध्यान सहितको जीवन पद्धती अपनाउने चेतन मनको संगसंगै अवचेतन मनलाइ पनि सक्रिय वनाउने, प्रकृतिसंग रमाउने, उत्पादनमुलक काममा सहभागि हुने र भौगोलिक वा वाह्य यात्रा मात्र होइन अन्तरमनको यात्रामा पनि रमाउने जस्ता दैनिक जीवनमा अपनाउनु पर्ने सुखि जीवन पद्धतिका सुत्रहरु वताउदै सकारात्मक सोचाइले खुशि र सुखि जीवनको लक्ष्य पछ्याउने कुरा वताउनु भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी सुवेदीले सकारात्मक सोच र मनोपरामर्श सेवाले आत्महत्या न्युनिकरण गर्न सकिन्छ भन्दै यो अभियानलाइ जिल्लाव्यापि वनाउने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा वोल्दै स्वास्थ्य कार्यालयका नि प्रमुख घनश्याम सापकोटाले मानसिक स्वास्थ्यका लागि स्वयं व्यक्ति सजग हुनुपर्ने वताउदै मानसिक स्वास्थ्यका लागि मनोपरामर्श सेवाको यो अभियानलाइ जिल्लाभरी पुराउने लक्ष्य रहेको वताउनु भयो ।
त्यसैगरी जुनकिरी नेपालका अध्यक्ष युक्त प्रसाद सुवेदीले अहिलेसम्म विकासका नाममा शिक्षा स्वास्थ्य सडक खानेपानी जस्ता आधारभुत आवश्यकताका क्षेत्रमा काम भएको छ तर चिल्ला सडक अगाडी गुड्ने चिल्ला सडक छेउमा रहेका दुखेका मनहरुलाइ मल्हम लगाउने काम भएको थिएन । त्यसैले मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श सेवा गाँउघरमा ल्याएर स्थानीय सरकारले दुखेका मन मुटुसम्म आफ्नो पहुँच वढाएकोमा खुशि व्यक्त गर्नुभयो । मानिस पुर्ण रुपमा स्वस्थ हुनका लागि शारिरीक मानसिक र सामाजिक रुपले स्वस्थ हुनुपर्ने आवश्यकतामा जोड दिँदै आत्महत्या न्युनिकरण गर्नका लागि घरपरिवार र समाजको भुमिका विषयको कविता वाचन गर्नु भएको थियो । सोहि अवसरमा सुवेदीले जुनकिरी नेपालका गर्ने मुख्य मुख्य कार्यहरु वताउनु भएको थियो । सोहि समारोहमा द्वन्द पिडितहरुको तर्फबाट विर्वलाल घर्तीले द्वन्द पिडितहरुको मानसिक पिडाको वारेमा आफ्नो भनाइ राख्नु भएको थियो ।

ताराखोला गाँउपालिका कार्यालयको सभाहलमा आयोजित शुभारम्भ कार्यक्रममा गाँउपालिकाका अध्यक्ष धन वहादुर वि क को अध्यक्षता, वडा नं २ का वडा अध्यक्ष भद्र वहादुर घर्तीको स्वागत र स्वास्थ्य शाखा प्रमुख उदित कुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रम अवधिमा सहभागिहरुलाइ हरेक दिन विहानको समयमा स्वस्थ जीवनको आधार योगाभ्यास पनि गराइएको थियो । पहिलो दिन ओशो अमृतम ध्यान केन्द्र बागलुङ कि माँ ज्योत्सना शाक्यले, दोश्रो दिन पतञ्जली योग समिति बागलुङका महिला जिल्ला प्रभारी कल्पना श्रेष्ठले र तेश्रो दिन धौलागिरी आयुर्वेद अस्पतालका चिकित्सक सरोज पन्थीले योगाभ्यास गराउनु भएको थियो । तिन दिनसम्म सञ्चालित उक्त कार्यक्रममा शिक्षक कर्मचारी र जनप्रतिनिधि समेत गरी ३५ जनाको सहभागिता रहेको थियो ।
आधुनिक उपचार पद्धतिसंगै आधारभुत मानसिक स्वास्थ्य समस्या र पहिचान मनोपरामर्श सेवाको औचित्य र आवश्यकता तथा योगध्यानलाइ सर्वव्यापि वनाइ विना औषधि परम्परागत उपचार पद्धतिलाइ पनि अवलम्वन गर्दै लैजाने उद्धेश्यले आयोजित उक्त कार्यक्रम पौष १५ देखि १७ गतुम्म तिन दिन सञ्चालन भएको थियो । कार्यक्रम अवधिमा मनोचिकित्सक डा गिता सुवेदीले मानसिक स्वास्थ्य समस्या पहिचान र प्राथमिक उपचार पद्धति र मनोसामाजिक परामर्शकर्ता मधु पौडेलले आत्महत्या न्युनिकरण तथा मनोसामाजिक परामर्श सेवाको आवश्यकता र महत्वको विषयमा सहजिकरण गर्नु भएको थियो ।
बार्यक्रम अत्यन्तै समय सान्दर्भिक रहेकोले यसको उपलव्धिको समिक्षा गरी आगामि दिनमा थप प्रभावकारी वनउदै लैजाने कार्यक्रम रहेके आयोजक संस्थाका स्वास्थ्य शाखा प्रमुख उदित कुमार थापाले वताउनु भयो ।
