धौलागिरी अनलाइन मंसिर १८ म्याग्दीका किसानहरु सुन्तला बिक्री गर्ने समयमा बोटमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि निराश बनेका छन् । सुन्तला पाक्ने समयमा कीराको प्रकोपले पहेँला भएका सुन्तला झर्ने समस्याले सताउन थालेपछि यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ ।बिगत का बर्ष भन्दा ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको । न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको बेनी नगरपालिका-४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो ।